बुधबार, पुस २, २०८२

भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- पाल्पाको निस्दी गाउँपालिका- ४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

National life

फापर खान बारीमा आएको दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैंले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो।

गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको प्रहरीले निस्दी- ४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 10, 2023| 19:21 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्