शुक्रबार, वैशाख २१, २०८१

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ। घटनामा अरु एक जना घाइते भएका छन्।

triton college

एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीन जना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल लगिएको छ।

घटना लागूऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहारबारे अनुसन्धान जारी छ।

गैरनाफामुखी अनुसन्धान समूह ‘गन भाइलेन्स आर्काइभ’ ले जनाएअनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६ सय ३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन्।  -सिन्ह्वा

प्रकाशित: Dec 10, 2023| 20:02 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्