बुधबार, वैशाख ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वीराजमार्गको पश्चिम खण्डको २० किलोमिटर सडक ६ लेनको बन्ने

पृथ्वीराजमार्गको पश्चिम खण्डको २० किलोमिटर सडक ६ लेनको बन्ने

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

तनहुँ- पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ। गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ। पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दुरी पर्दछ। उक्त दुरीमध्ये करिब बिस किलोमिटर दुरीमा ६ लेनको सडक हुने आयोजनाले जनाएको छ। तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेन सडक हुनेछ। 

National life

सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन-पोखरा सडक आयोजना(पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए। राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ।

मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ। पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ। पूर्वी खण्डमा ४१ दशमलव ४५ किलोमिटर र पश्चिम खण्डमा ३८ दशमलव ८८ किलोमिटर दुरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ।

पश्चिम खण्डमा यस कारण ढिलाइ 
पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युतको पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो। पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब ६ महिना ढिलो गरी काम सुरु गरिएको हो। पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इन्जिनियर पौड्यालले दिए।

उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ। कालोपत्रका लागि ग्राबेल बिछ्याउन थालिएको छ। करिब ११ किलोमिटर दुरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ।

kumari

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ। पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। विसं२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ। 

प्रकाशित: Dec 10, 2023| 20:21 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्