बुधबार, वैशाख ९, २०८३

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन सुनुवाइ

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फेरि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार पेशी तोकिएको मुद्दा लामिछानेका वकिलका तर्फबाट स्थगित गरिएको हो। यो मुद्दामा अहिलेसम्म ३२ पटक पेशी तोकिएको छ भने स्थगितमात्रै आठ पटक भएको छ।

National life

लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानुन व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगित गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगित गरिएको जनाएको थियो।

आज जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकिएको थियो। एक महिनाअघि कात्तिक २३ मा भएको सुनुवाइमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेश गर्न आदेश दिएको थियो।

यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्रयाक’बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर, एक वर्ष बितिसक्दा पनि टुंगोमा पुगेको छैन।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्। यो मुद्दा ३२ पटक पेशी चढे पनि फैसला भने आएको छैन। अब अर्को पेशी कहिले हुन्छ भन्ने यकिन भएको छैन।

kumari

प्रकाशित: Dec 10, 2023| 14:11 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्