बुधबार, वैशाख ९, २०८३

लमजुङमा क्रिसमस पार्टी गरेका २९ जना बिरामी, एकको मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

लमजुङमा सामूहिक भोज खाएका मध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन्।

National life

बेँसीसहर नगरपालिका-४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका-९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सुन्दरबजार नगरपालिका-८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएकी थिइन्। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्। भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए। भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालमा बिरामी आउने क्रम जारी रहेको बताइएको छ।

kumari

प्रकाशित: Dec 10, 2023| 11:35 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्