मंगलबार, असार २३, २०८३

ट्रकमा कार ठोक्किँदा आठ जनाको मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

भारतको उत्तर प्रदेशस्थित बरेलीमा शनिबार राति कारमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बालक पनि छन्।

बरेलीको नैनीताल राजमार्गमा दुर्घटना भएको हो। राजमार्गमा गुडिरहेको कार ट्रकसँग ठोक्किएर आगो दन्केको थियो। गाडी लक भएका कारण भित्र बसेका मानिस तत्कालै बाहिर निस्कन सकेनन्। सामाजिक सञ्जालमा देखिएको फुटेजमा कारलाई आगोले लपेटेको देखिन्छ।

प्रहरीले आगो निभाएर कारबाट शव निकालेको थियो। भोजीपुरा नजिकै ट्रकसँग कार ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Dec 10, 2023| 11:30 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्