मंगलबार, असार २३, २०८३

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित एक जना पक्राउ परेका छन्। फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत शनिबार राति ११:५० मा विमानस्थलमा अवतरण गरेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम सुनसहित पक्राउ परेका हुन्।

भन्सारबाट बाहिरिसकेका लासिमलाई प्रहरीको टोलीले सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। भन्सार पास भएर आएका लासिममाथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो।

सुन तस्करीमा संलग्न भएको आशंकामा अन्य दुई सुडानी नागरिकलाई पनि पक्राउ गरिएको छ। यसअघि बिहीबारमात्र फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत नै काठमाडौं ओर्लिएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित  पक्राउ परेका थिए।

प्रकाशित: Dec 10, 2023| 11:18 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्