मंगलबार, असार २३, २०८३

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

 |  आइतबार, मंसिर २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २४, २०८०

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

महेन्द्र राजमार्गमा पर्ने शीतगंगा–८ सातमाराको राप्ति पुल नजिकै शनिबार ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृत्यु हुनेमा ट्रक चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका छन्। उनीहरूको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो।

प्रकाशित: Dec 10, 2023| 10:43 आइतबार, मंसिर २४, २०८०
प्रतिक्रिया दिनुहोस्