आइतबार, वैशाख २८, २०८२

पीपीई लगाएर एकै रात ६ घरमा चोरी

 |  शनिबार, मंसिर २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

vianetvianet

बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा ६ घरमा घरबाट सुनसहित पाँच लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

triton college

गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन्।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी चोरी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन्।

रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाँडा पसल तथा हार्डवयरबाट नगद १५ हजार, जलजला होटलबाट नगद १० हजार, मायालु होटलबाट पाँच हजार र कक्षपति स्टोर्सबाट चार हजार रूपैयाँ नगद चोरी भएको अध्यक्ष अधिकारीले बताइन्।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ। चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको छ।

National life insurance

चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसी क्यामरामा एक अधवैंसे पुरूष अनुहारमा मुखुण्डो र पिपिई लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसी क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए। 

प्रकाशित: Dec 09, 2023| 20:32 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्