मंगलबार, असार २३, २०८३

अमेरिकामा चिनियाँ लसुनको चिन्ता

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

काठमाडौं- एक अमेरिकी सिनेटरले चीनबाट लसुन आयात गर्दा राष्ट्रिय सुरक्षामा असर पर्ने भन्दै सरकारी छानबिनको माग गरेका छन्।

बीबीसीका अनुसार रिपब्लिकन सिनेटर रिक स्कटले चिनियाँ लसुन असुरक्षित भएको दाबी गर्दै वाणिज्य सचिवलाई पत्र लेखेका छन्। उनले अस्वच्छ उत्पादन विधिहरूका बारेमा पनि उल्लेख गरेका छन्।

चीन विश्‍वको ताजा र चिसो लसुनको सबैभन्दा ठूलो निर्यातकर्ता हो र अमेरिका प्रमुख उपभोक्ता हो। तर यो व्यापार वर्षौंदेखि विवादमा रहेको छ। अमेरिकाले चीनले सस्तो मूल्यमा बजारमा लसुन डम्पिङ गरेको आरोप लगाएको छ। अमेरिकाले सन् १९९० को दशकको मध्यदेखि अमेरिकी उत्पादकहरूलाई बजारबाट बाहिरिन नपरोस् भनेर चिनियाँ आयातमा भारी शुल्क वा कर लगाएको छ।

सन् २०१९ मा ट्रम्प प्रशासनको समयमा यी शुल्कहरू झन् बढाइएको थियो। आफ्नो पत्रमा सिनेटर स्कटले यी विद्यमान चिन्ताहरूलाई उल्लेख गरेका छन्। उनले अमेरिका बाहिर उब्जाइएको लसुनको गुणस्तर र सुरक्षामा गम्भीर जनस्वास्थ्य चिन्ता व्यक्त गर्दै विशेष गरी चीनमा उब्जाइएको लसुनलाई महत्वपूर्ण रुपमा उल्लेख गरेका छन्।

अमेरिकाको सुरक्षामा विशिष्ट आयातको प्रभावको अनुसन्धान गर्न अनुमति दिने कानुनमा टेकेर उनले वाणिज्य विभागलाई कारबाही गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘खाद्य सुरक्षा एक अस्तित्वको आपतकाल हो जसले हाम्रो राष्ट्रिय सुरक्षा, सार्वजनिक स्वास्थ्य र आर्थिक समृद्धिमा गम्भीर जोखिम खडा गर्छ।’

प्रकाशित: Dec 09, 2023| 18:37 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्