बुधबार, पुस २, २०८२

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो यस्तो चेतावनी

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ।  

National life

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे।

इजराइली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकू समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको छ। 

इजराइलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ। हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ। इजराइल अमेरिकाको मुख्य सहयोगी मुलुक हो। 

गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तालाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो। उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ।

Laxmi sunrise bank
kumari

इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर–अब्दुल्लाहियानले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भने, 'जबसम्म अमेरिका यहुदीवादी शासन (इजराइल) को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ।'

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’ का रूपमा प्रयोग गर्ने राष्ट्रसङ्घीय महासचिवको प्रशंसा गरे। एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजराइल र हमासबीच पुनः युद्ध सुरु भएको छ। इजराइलका अनुसार हमासले युद्धविरामको उल्लङ्घन गरेको छ। विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भने, 'हमासले युद्धविरामको उल्लङ्घन गरेको इजराइलको दाबी सम्पूर्णरूपमा गलत हो।' उहाँले इजराइलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए।
 

प्रकाशित: Dec 09, 2023| 22:15 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्