शनिबार, वैशाख २७, २०८२

जलवायु परिवर्तन न्यूनीकरण प्रयास: ओपेकको किन भयो आलोचना?

 |  शनिबार, मंसिर २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

vianetvianet

पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको सङ्गठन (ओपेक)ले शनिबार कार्यकर्ताहरू र महत्त्वाकांक्षी जलवायु कार्य खोज्ने मुलुकहरूको गठबन्धनबाट आलोचनाको सामना गर्नुपरेको छ। आफ्ना सदस्यहरूसँग कोप२८ सम्मेलनमा जीवाश्म इन्धनलाई लक्षित बनाउने कुनै पनि सम्झौतालाई असफल बनाउन आग्रह गरेपछि उसले त्यस्तो आलोचनाको सामना गर्नुपरेको हो। 

triton college

दुबईमा जलवायु वार्तामा वार्ताकारहरूले जीवाश्म इन्धनलाई चरणबद्ध अन्त्य गर्ने प्रस्तावसहितको एउटा मस्यौदा सम्झौता तयार गरेपछि ओपेकका महासचिव हैथम अल घैसले यसै साता समूहका १३ सदस्य र रुसी नेतृत्वको १० सहयोगीलाई पत्र पठाएका थिए। 

'ओपेकको जीवाश्म इन्धनको चरणबद्ध अन्त्यको प्रस्तावको हतास प्रतिरोधले परिवर्तनको लहरको डरलाई प्रकट गरेको छ, यो कोप २८ का छलफलहरूमा स्पष्ट भएको छ', ३५० डट ओआरजी एनजिओ विश्वव्यापी अभियानका सहयोगी निर्देशक कान्सिन लेलिमले भने, 'ओपेकले कार्यक्रममा सामेल हुन वा सतप्रतिशत नवीकरणीय ऊर्जा–सञ्चालित भविष्यका लागि हाम्रो उचित सङ्क्रमणको मार्गबाट हट्न आवश्यक छ।'

बारबाडोसदेखि फ्रान्स, केन्या र प्रशान्त टापु राज्यहरूसम्मको बृहत् समूह (हाई एम्बिसन कोलिसन) ले पनि ओपेकको कदमको आलोचना गरेको छ। 'ओपेक मुलुकका सबै नागरिकसहित पृथ्वीमा सबै मानिसको समृद्धि र भविष्यलाई जीवाश्म इन्धनभन्दा ठूलो जोखिममा अरु कुनै कुराले राख्दैन', कोलिसनको अध्यक्षता गर्ने मार्शल द्वीप समूहका जलवायु दूत टिना स्टेगेले भने, 'त्यसैले यो सङ्कटको जडका रूपमा रहेको जीवाश्म इन्धनको चरणबद्ध अन्त्य गर्न हाइ एम्बिसन कोलिसनले जोड दिइरहेको छ।'

उनले विश्वको तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य वार्तायोग्य नभएको भन्दै जीवाश्म इन्धनको अन्त्य नै वार्तायोग्य हुनुपर्ने बताए। बुधबार पठाइएको पत्रमा घैसले भनिएको छ, 'मस्यौदा निर्णयमा अहिले पनि जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने विकल्प समावेश भएकाले जीवाश्म इन्धनहरू विरुद्धको अनुचित र असमान दबाव अपरिवर्तनीय परिणामहरूका साथ चरम विन्दुमा पुग्छ जस्तो लागेको छ।' उनले २३ सदस्य र सहयोगीहरूलाई उत्सर्जनको सट्टा ऊर्जा अर्थात जीवाश्म इन्धनलाई लक्षित गर्ने कुनै पनि मस्यौदा वा सूत्रलाई सक्रियरूपमा अस्वीकार गर्न आग्रह गरेका छन्।

National life insurance

इराकको तेल मन्त्रालयका प्रवक्ता असेम जिहादले आफ्नो देशले ओपेकको पत्रलाई ‘समर्थन’ गरेको एएफपीलाई बताए। उनका अनुसार इराकी तेलमन्त्री हयान अब्देल गनीले कोप२८ मा आफ्नो मुलुकका प्रतिनिधिमण्डलसँग अन्तिम वक्तव्यको शब्दले वातावरण र जलवायु जोगाउनका लागि उत्सर्जन घटाउन विश्व सहयोगमा जोड दिन्छ वा दिँदैन भन्ने कुरा सुनिश्चित गर्न आग्रह गरेका छन्। मन्त्री गनीले जीवाश्म इन्धनलाई लक्षित गर्ने प्रयास र उत्पादक मुलुक तथा उनीहरूको जनसङ्ख्याको अधिकारको उल्लङ्घनलाई अस्वीकार गरेका छन्।

प्रकाशित: Dec 09, 2023| 21:50 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्