बुधबार, वैशाख ९, २०८३

लेबनान-इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ। 

National life

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजराइली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा सूत्रले बतायो। 

दुई अलगअलग इजराइली आक्रमणमा चार हिजबुल्लाह लडाकू मारिएको सूत्रले उल्लेख गरेको छ। दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजराइली आक्रमणमा पिआइजेका दुई सदस्यको मृत्यु भएको थियो।

सैन्य सूत्रका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजराइलले बमबारी गरेको छ।     यसैबीच आफ्ना लडाकूले इजराइलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हिजबुल्लाहले बताएको छ। 
 

प्रकाशित: Dec 09, 2023| 21:15 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्