मंगलबार, असार २३, २०८३

खेतमा बिजुलीको तार खस्दा किसान र गोरुको मृत्यु

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

बिजुलीको तार चुँडिएर खेतमा खस्दा रौतहटमा खेत जोतिरहेका किसान र गोरुको समेत मृत्यु भएको छ। ११ हजार भोल्टेज रहेको तार खस्दा यो घटना भएको हो।

माधवनारायण नगरपालिका ७ लौकहामा गहुँ छर्नका लागि खेत जोतिरहेका किसान ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हो। बीच खेतमा करेन्ट लागेर किसान र गोरुको मृत्यु भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ। घटनास्थलमा ठूलो संख्यामा गाउँलेहरू पुगेको तस्बिरमा देख्न सकिन्छ।

घटना आज बिहान पोने १२ बजे घटेको हो। ‌मृतकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। .

प्रकाशित: Dec 09, 2023| 17:53 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्