बुधबार, पुस २, २०८२

लुम्बिनीमा भारत-नेपाल सांस्कृतिक महोत्सव

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ। लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय राजदूतावासले शुक्रबार महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो।

National life


महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्धाटन गरेका हुन्।

कार्यक्रममा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए। शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 


राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने बताए।

स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी शनिबार पनि खुला रहनेछ। भारतीय राजदुतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ। महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ।’

Laxmi sunrise bank
kumari

महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो। महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो।

यसैगरी महोत्सवको उद्धाटन समारोहमा बौद्ध सम्पदा स्थलका आकर्षक तस्बिर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो। प्राचीन कालदेखि अहिलेसम्मको बौद्ध धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी फोटोमार्फत प्रदर्शनीले दिएको छ।

साँझ भएको सांस्कृतिक कार्यक्रममा भारतको लेहस्थित थिक्से मठका कलाकारहरुको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुको भरतनाट्यम, स्थानीय कलाकारहरुको थारु नाच र नेपालको सुकर्म ब्याण्डले प्रस्तुत गरेको सितार वादनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए।  

सांस्कृतिक कार्यक्रमको प्रस्तुतिपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो। उक्त फुड फेस्टिभलमा पकोडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए। 

शुक्रबार बिहान लुम्बिनी बौद्ध विश्वविद्यालयमा यस महोत्सवकै एक हिस्साको रुपमा “सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण” शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो।

प्रकाशित: Dec 09, 2023| 17:46 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्