बिहीबार, वैशाख १०, २०८३

भ्रष्टाचारविरुद्ध 'नेपालगञ्ज वाकाथन' सुरु

 |  शनिबार, मंसिर २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २३, २०८०

National life
kumari

जानकी- भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ। बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो। 

उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ। तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास छ। सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन छ।  

वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको  छ। वाकाथन नेपालगञ्जको गण विपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन हुने छ। 

प्रकाशित: Dec 09, 2023| 11:01 शनिबार, मंसिर २३, २०८०
प्रतिक्रिया दिनुहोस्