आइतबार, वैशाख २८, २०८२

रोजगारीका लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

 |  शुक्रबार, मंसिर २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं-  वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रु सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख १० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो। 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 08, 2023| 22:25 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्