मंगलबार, असार २३, २०८३

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

ताप्लेजुङ- ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा  हिमपात भएको छ। बिहीबार साँझ वर्षा भएसँगै सामान्य हिमपात हुँदा किसान खुसी भएका छन्। ओलाङचुङगोला, याङमा, घुन्सा, लेलेप, गयाब्ला, फलेलगायतका बस्तीमा सामान्य हिमपात भएको फक्ताङलुङ गाउँपालिका– ६ घुन्साका टासी तेन्जिङले बताए। सामान्य हिमपात भएकाले खासै जनजीवन प्रभावित भने नभएको उनले बताए। 

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत हल्का हिमपात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। वर्षासँगै सामान्य हिमपात भएकाले ताप्लेजुङमा चिसो बढेको छ।
 
हिउँ पर्न सुरु गरेसँगै पाथीभरा दर्शन गर्न आएका तीर्थयात्री भने हिउँमा खेलेर रमाउन पाउने भएकाले खुसी भएका छन्। गएको वर्षको तुलनामा यो वर्ष ताप्लेजुङमा छिटो हिमपात भएको हो। गएको वर्ष फागुनको दोस्रो साता मात्रै हिमपात भएको थियो।

वर्षा हुँदा स्थानीय भने खुसी भएका छन्। लामो समयसम्म वर्षा नहुँदा बालीनाली सुक्न थालेपछि किसान चिन्तित थिए। वर्षाले किसानलाई केही राहत पुगेको फक्ताङलुङ गाउँपालिका– ६ का बिर्ख लिम्बूले जानकारी दिए। वर्षा भएसँगै अलैँची, सागसब्जीलगायतका हिउँदे बालीका लागि राम्रो भएको उनले बताए।

प्रकाशित: Dec 08, 2023| 19:02 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्