मंगलबार, पुस १, २०८२

जथाभावी शतबीज नछर्न पशुपति विकास कोषको आग्रह

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न आग्रह गरेको छ। पशुपतिनाथ मन्दिर परिसरमा आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले जानकारी दिए।

National life

उनका अनुसार कोषले ढुंगा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरिएको छ। यसैगरी कोषले आज एक सार्वजनिक सूचना प्रकाशित गरी कैलाशचौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ।

बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चौरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ। पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजनका लागि नेपाली सेना तथा पशुपति क्षेत्र विकास कोषको सहयोगमा निःशुल्क पालको व्यवस्था गरिएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए।

उनको भनाइमा आफैँ उपस्थित भई बत्ती बाल्न नसक्नेका लागि कोषमा दुई हजार एक सय रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्थासमेत मिलाइएको छ। त्यस्ता भक्तजनले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकामा रहेको पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्ने छ ।

बाला चतुर्दशी पर्वलाई लक्षित गरी पशुपति मन्दिरको वरपरका क्षेत्रमा माछा, मासु, जाँड-रक्सी र अन्य नशालु पदार्थ सेवन तथा बिक्री/वितरणमा रोक लगाइएको छ। आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ।

Laxmi sunrise bank
kumari

पशुपतिनाथमा लाग्ने बाला चतुर्दशी पर्वलाई मध्यनजर गर्दै गौशाला मित्रपार्क सडकबाट पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानाबाट पश्चिम, गौशाला तिलगङ्गा चक्रपथबाट उत्तर, मित्रपार्क-उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीबाट दक्षिणभित्रका सबै भागमा यही मंसिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरूपमा रोक लगाइएको कोषका सदस्यसचिव खत्रीले बताए।

प्रकाशित: Dec 08, 2023| 19:41 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्