आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बौद्धमार्गी समुदायसँग आग्रह गरेका छन्।

National life

काठमाडौंस्थित भारतीय रादूतावास र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्त रूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन्।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा. लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताए।

बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै उनले ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको तथा यसको अनुशरण र परिपालना हुनुपर्नेसमेत बताए।

प्रकाशित: Dec 08, 2023| 19:21 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्