बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण

मुख्यमन्त्री कार्कीद्वारा हात्तीको बथानले क्षति पुर्‍याएका घरको निरीक्षण

 |  शुक्रबार, मंसिर २२, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

vianetvianet

विराटनगर- कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका १० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट क्षति भएका घर र बालीको आज निरीक्षण गरेका छन्।

Kumaribank

गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्‍याएको थियो। पछिल्लो समय झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एक÷एक जना गरी चार जनाको मृत्यु भइसकेको छ।

बेलबारी १० भाउन्नेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्‍याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन्। हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताए।

निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए। कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको बथानले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्‍याएको बताए।

प्रकाशित: Dec 08, 2023| 15:53 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्