मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावितलाई २ प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा

भूकम्प प्रभावितलाई २ प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- जाजरकोट भूकम्प प्रभावितले २५ लाख रुपैयाँसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो। 

यस प्रयोजनका लागि साविकको कर्जा-धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ।

भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था पनि गरिनेछ। 

प्रकाशित: Dec 08, 2023| 21:41 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्