मंगलबार, असार २३, २०८३

१४ किलो सुन तस्करीबारे छानबिन गर्न समिति गठन

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुनबारे छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।
पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा समिति गठन गरेको जानकारी दिएको हो।

समिति सदस्यहरुमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना छन्।

गए राति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो। उनी अहिले प्रहरी थुनामा छन्। फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११:४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

विमानस्थल भन्सार कार्यालय टोलीले विशेष सुराकीको आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो।

 

प्रकाशित: Dec 08, 2023| 13:17 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्