मंगलबार, असार २३, २०८३

नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौंको नागढुंगाबाट अवैध सुनसहित ३ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूबाट करिब दुई किलो सुन बरामद भएको छ।

रसुवाबाट काठमाडौं आइरहेको गाडी नागढुंगामा चेक गर्दा समातिएको हो। आज बिहानमात्रै त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना समातिएका थिए।

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको थियो। चन्द्र घलेसँगै गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका छन्।

प्रकाशित: Dec 08, 2023| 12:49 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्