शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • आजको मौसम- तराईमा बिहानैदेखि कुहिरो, पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आजको मौसम- तराईमा बिहानैदेखि कुहिरो, पहाडी भेगमा हल्का वर्षाको सम्भावना

 |  शुक्रबार, मंसिर २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

vianetvianet

काठमाडौं- हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

triton college

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ।

प्रकाशित: Dec 08, 2023| 09:05 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्