मंगलबार, पुस १, २०८२

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

 |  शुक्रबार, मंसिर २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

National life

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चिनजान भई विभिन्न समयमा दुई जनाबीच भएको क्रियाकलापलाई तस्बिर तथा श्रव्यदृश्य सम्पादन गरी महिलाको चरित्र हत्या गर्ने चितवन रत्ननगर नगरपालिका वडा नं १० घर भई हाल काठमाडौँ बस्ने ४२ वर्षीय चतुर्मान महतोलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले महिलाको तस्बिरलाई सम्पादन गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा महतोलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गत पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए।

प्रकाशित: Dec 08, 2023| 08:42 शुक्रबार, मंसिर २२, २०८०
प्रतिक्रिया दिनुहोस्