आइतबार, मंसिर २८, २०८२

आगलागीपीडित परिवारलाई विराटनगर महानगरपालिकाको सहयोग

 |  बिहीबार, मंसिर २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २१, २०८०

मोरङ- विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ। बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो।

National life

मृत्यु भएका परिवारलाई जनही रु एक÷एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए।

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार आगलागी हुँदा विराटनगर–६ का दीपक मण्डल, सुशीला पासवान र सुनिता कामतको मृत्यु भएको थियो। सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको बुधबार उपचारका लागि अस्पताल लैजाने क्रममा विराटनगरमा तथा सुनिता कामतको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो।

घटनामा घाइते भएका विराटनगर–६ का किशोर पासवान, रीता सरदार र कटहरी गाउँपालिकाका–६ की पिंकी कामतको काठमाडौँमा उपचार भइरहेको छ। महानगरले काठमाडौँबाट सुनिताको शव ल्याउने व्यवस्थापन मिलाएको छ। महानगरले कवाडी व्यवसाय र गोदामसहित सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ।

महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालनको अनुमति लिनुपर्ने महानगर प्रमुख कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2023| 20:39 बिहीबार, मंसिर २१, २०८०
प्रतिक्रिया दिनुहोस्