बिहीबार, वैशाख १०, २०८३

रास्वपाको सचिवालय बैठक बस्दै

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

National life
kumari

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। रास्वपाको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले पार्टीको सचिवालयको बैठक आज पार्टी कार्यालय चः मति वनस्थलीमा बस्ने बताए।

‘साझ ५ बजे सचिवालयको बैठक र त्यो भन्दा अघि नवमनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणको कार्यक्रम छ’, उनले भने। सहप्रवक्ता रावलका अनुसार आज दिउँसो थपिएका केन्द्रीय सदस्यहरुले शपथ लिने कार्यक्रम रहेको छ।

महोत्तरीको जलेश्वरको केन्द्रीय समिति बैठकको निर्णयबाट पार्टीको २६ जना केन्द्रीय सदस्य थपिएको थियो। बैठकमा पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ। 

प्रकाशित: Dec 06, 2023| 15:02 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्