बिहीबार, वैशाख १०, २०८३

फलफूल किन्दा दिएको हजारको नोट नक्कली परेपछि...

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- पछिल्लो समय काठमाडौं उपत्यकाभित्र नक्कली नोटको बिगबिगी बढेको छ। सामान किन्दा वा कुनै शुल्क तिर्दा नक्कली नोट प्रयोग भएको पाइएको छ।

National life

यसैबीच एक किशोरलाई प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले चार वटा हजार दरको नक्कली नोटसमेत बरामद गरेको छ।

प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा खोटा चलन कसुरमा मुद्दा दायर गरिसकेको छ। केही समयअघि काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित विजय चोकमा फलफूल खरिद गरी किशोरले एक हजारको नोट दिएका थिए। तर नोटमा शंका लागेपछि प्रहरी पुगेर किशोरलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीको बयानमा उनले सो नोट आफूलाई धनुषाका बालकृष्ण नाम बताउने व्यक्तिले दिएको बताएका छन्। उनका अनुसार बालकृष्ण ट्याक्टर चालक हुन्। तिहारको समयमा घर जाने पैसा नभएर मागेपछि उनले एक किलो फलफूल किनेर ल्याउ, बाँकी पैसा घर जान राख भनेर दिएको बताएका छन्।

काठमाडौंमा नक्कली नोटका कारोबारी देखिन थालेपछि प्रहरीले नगदको कारोबार गर्दा होसियारी अपनाउन अनुरोध गरेको छ।

kumari

प्रकाशित: Dec 06, 2023| 12:16 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्