आइतबार, मंसिर २१, २०८२

गृहमन्त्री श्रेष्ठ पाँच दिन अस्पतालमै रहने, भेटघाट बन्द

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि उनलाई गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको थियो।

National life

हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। स्वास्थ्य अवस्था सामान्य एवं स्थिर रहेको उनको सचिवालयले जनाएको छ।

श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ। डा. अरुण मास्केसहितको चिकित्सक टोलीले हिजो राति नै 'एन्जियोप्लास्टी सर्जरी' गरेको हो।

आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।

प्रकाशित: Dec 06, 2023| 11:33 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्