सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रविको चुनौती- एनसेलबाट कुन नेताले कति खाएका छन् छानबिन गर्ने हो ?

रविको चुनौती- एनसेलबाट कुन नेताले कति खाएका छन् छानबिन गर्ने हो ?

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

National life
Laxmi sunrise bank
kumari

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले एनसेलबाट कुन नेताले कति रकम बुझेका छन् खुला छानबिन गर्न चुनौती दिएका छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको सेयर खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

आज बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले नियामानुसार लाग्ने कर तिर्नु नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला–दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो भन्दै प्रश्न गरेका छन्।

'स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मिँदादेखि नै चलखेल थियो। टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसार ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो?' लामिछानेले सोधेका छन् ।

प्रकाशित: Dec 06, 2023| 11:06 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्