शुक्रबार, वैशाख २६, २०८२

न्युरोडको सुन पसलमा छापा, सात किलो सुनसहित सञ्चालक पक्राउ

 |  बुधबार, मंसिर २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौंको न्यूरोडस्थित ओमपर्ल गोल्ड प्रालिबाट सुनसहित एक जना पक्राउ परेका छन्। प्रहरीले ७ किलो ८ ग्राम सुनसहित ओमपर्ल गोल्ड प्रालिका सञ्चालक पदम पाण्डेलाई पक्राउ गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार राति ओमपर्लमा छापा हानेको हो। प्रहरीका अनुसार अवैध काँचो सुन र केही गहना पनि बरामद भएका छन्।

सो पसल अवैध सुन गाल्ने कारखाना भएको बताइएको छ। कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 06, 2023| 10:58 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्