बिहीबार, वैशाख १०, २०८३

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

गोरखा- बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ।

National life

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा. शर्मिला कुमालले जानकारी दिइन्।

कार्यालयले प्रतिरोपनी तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ। ‘बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ’, निमित्त प्रमुख कुमालले भनिन्।

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा  अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ। बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उनको भनाइ छ।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ।

kumari

गोरखा जिल्लामा करिब ६ हजार रोपनी  बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालले बताइन्। बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८०  बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ।

प्रकाशित: Dec 06, 2023| 11:41 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्