सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मुटुमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

काठमाडौं- छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन्।

National life

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो। उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो। यसअघि पनि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो।

श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन्। उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन्। प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन्।

प्रकाशित: Dec 06, 2023| 08:47 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्