मंगलबार, असार २३, २०८३

निमित्त परराष्ट्र सचिवमा सेवा लम्साल

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन्।

सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ। सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ । 

प्रकाशित: Dec 06, 2023| 08:32 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्