मंगलबार, असार २३, २०८३

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

 |  बुधबार, मंसिर २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २०, २०८०

नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे।

पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै  त्यहाँ गइरहेका छन् । यसरी अवैधरुपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Dec 06, 2023| 08:29 बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्