बिहीबार, वैशाख १०, २०८३

मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा पसल राख्न नपाइने

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
kumari

काठमाडौं- ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल क्षेत्रलाई ‘फुटपाथ पसल निषेधित क्षेत्र’ घोषणा गरेको छ। मंगलबार महानगर प्रहरीले सूचना टाँस्दै मंसिर २४ गतेदेखि मंगलबजारदेखि लगनखेल क्षेत्र फुटपाथ पसल निषेधित क्षेत्र हुने जनाएको हो।

अब नगर प्रहरीले उक्त क्षेत्रमा फुटपाथ पसल राख्न दिनेछैन। फुटपाथ व्यापारीको संख्या अत्यधिक बढेपछि सुरक्षाका दृष्टिले समेत समस्या परेको प्रहरीको तर्क छ। यसअघि ललितपुर महानगरपालिकाले बेलुका ६ बजेपछि फुटपाथ व्यापार गर्न दिएको थियो भने बिहान ८ बजेसम्म फलफूल तथा तरकारी पसल राख्न छुट दिएको थियो।

प्रकाशित: Dec 05, 2023| 21:19 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्