बुधबार, असार २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • यातायात कार्यालय कोशीका पूर्वप्रमुख भ्रष्टाचार मुद्दामा जेल चलान

यातायात कार्यालय कोशीका पूर्वप्रमुख भ्रष्टाचार मुद्दामा जेल चलान

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

काठमाडौं- यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुखसहित पाँच जना कारागार चलान भएका छन्। राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालीन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन्। 

फैसलापछि फरार भएका तत्कालीन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझाएको हो।

मंगलबार पाँचै जनालाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ। विराटनगरमा लुकेर बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो। राजस्व हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले उनीहरुलाई दोषी ठहर गरी कैद बिगो र जरिवाना तोकेको थियो।
 

प्रकाशित: Dec 05, 2023| 19:19 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्