सोमबार, मंसिर २९, २०८२

एनसेलको सेयर बिक्रीबारे छानबिन गर्नुपर्ने गठबन्धनको निष्कर्ष

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एनसेलको सेयर खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धन बैठकले निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज डाकेको बैठकमा एनसेलको सेयर खरिदबिक्री नेपालको कानुन अनुकूल नरहेको र शंकास्पद रहेकोमा सबैले साझा धारणा राखेका थिए।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानुनबमोजिम नभएको भनेर प्रष्ट पारेको तथा सबैले त्यसमा समर्थन जनाएको बताए।

प्रधानमन्त्रीले पनि गहिराइमा पुगेर छानबिन गर्न सरकार तयार रहेको भन्दै मन्त्रिपरिषद् बैठकले यस विषयमा आवश्यक निर्णय गर्ने बताएका थिए।

प्रकाशित: Dec 05, 2023| 19:14 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्