सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • ६ जनाको ज्यान गएको सोती घटना: वडाध्यक्षसहित २४ जनालाई जन्मकैदको फैसला

६ जनाको ज्यान गएको सोती घटना: वडाध्यक्षसहित २४ जनालाई जन्मकैदको फैसला

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको घटनामा अदालतले फैसला सुनाएको छ। नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा जिल्ला अदालत रुकुमले आज फैसला सुनाएको हो। 

National life

जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले एक वडाध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ। आइतबारदेखि जारी अन्तिम सुनुवाइ सकिएपछि आज फैसला आएको हो। 

जन्मकैद सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, सर्वजित भन्ने सविन पुन, परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६)१, परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३, तिलक चन्द, ईन्द्र बहादुर भन्ने इर्द बहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्क बहादुर मल्ल, बिनोद मल्ल, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, बिराज पुन मगर, भिम बहादुर पुन, रमित पुन मगर र विष्णु मल्ल छन्।

त्यसैगरी एकजना नाबालकलाई पनि जन्मकैदको सजाय भएको छ। २०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुम पश्चिमको सोतीगाउँ पुगेका थिए। त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। 

सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूको शव भेरी नदीमा भेटिएका थियो। नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो। तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।

Laxmi sunrise bank
kumari

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग लगाइएको छ।

प्रकाशित: Dec 05, 2023| 18:56 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्