आइतबार, मंसिर २८, २०८२

दार्चुलाबाट बैतडी सर्‍यो महाकाली नदी नियन्त्रण आयोजना

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

खलंगा- दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो। 

National life

सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताए।

गत बैशाख २० गतेको मन्त्रिपरिषद्को बैठकले दार्चुला सदरमुकाम खलङ्गामा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई बैतडीको पाटनमा सार्ने निर्णय गरेको थियो। सिँचाइ तथा नदी व्यवस्थापन आयोजनाका नामले बैतडीको पाटनमा कार्यालय खुलेको छ। त्यहाँको कार्यालयको क्षेत्राधिकार सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला हेर्ने गरी बनाइएको छ। नदी नियन्त्रणका लागि १९ वटा प्याकेजमा काम भइरहेको र अझै दुई वटा प्याकेजको काम बाँकी रहेको छ।

यस्तै गतवर्ष लास्कु खोलामा आएको बाढीले करिब एक किलोमिटर तटबन्धमा क्षति पुर्‍याएको थियो। काम बाँकी छँदै कार्यालय सार्ने निर्णयप्रति दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले पटक-पटक प्रधानमन्त्री र मन्त्रीलाई भेटेर लिखित तथा मौखिक असन्तुष्टि जनाएको उनले बताए।

प्रकाशित: Dec 05, 2023| 15:50 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्