शुक्रबार, वैशाख २६, २०८२

प्रधानमन्त्री चढेको जहाज दोस्रो प्रयासमा जनकपुर अवतरण

 |  मंगलबार, मंसिर १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

vianetvianet
triton college
National life insurance

काठमाडौं- आज मंगलबार बिहान काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण काठमाडौं नै फर्किएको छ। एटीआर ७२–५०१ नम्बर जहाज खराब मौसमका कारण बिहान जनकपुर अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्किएको हो।

उडानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेत थिए। बिहान ७:४५ बजे काठमाडौंबाट उडेको जहाज जनकपुर विमानस्थलको कमजोर भिजिबिलिटीका कारण अवतरण गर्न नसकेको हो।

जहाजमा प्रधानमन्त्री दाहालसहित ६५ जना यात्रु थिए। १०–१५ मिनेट आकाशमा नै होल्ड भएर काठमाडौं फर्किएको जहाज १२:४१ बजे पुनः जनकपुर उडेको थियो।

प्रकाशित: Dec 05, 2023| 14:58 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्