आइतबार, मंसिर २८, २०८२

काम नगरिदिएको झोँकमा वडाध्यक्षको घरमा आगजनी

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

आफूले भनेको काम नगरिदिएको झोंकमा धनकुटाका एक युवकले वडाध्यक्षको घरमा आगो लगाइदिएका छन्। पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी भएको प्रहरीले जनाएको छ। 

National life

सोमबार मध्यान्ह १२:४५ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाइएको थियो। 

धनकुटा प्रहरीले आगजनीमा संलग्न भएको आशंकामा सोही ठाउँका २० वर्षीय सुशील अधिकारीलाई नियन्त्रणमा लिएको छ। आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको बयान उनले प्रहरीमा दिएका छन्।

अधिकारीलाई अदालतबाट म्याद थपेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरागाईं नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

प्रकाशित: Dec 05, 2023| 13:23 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्