आइतबार, मंसिर २८, २०८२

'सीआईडी' का दिनेश रहेनन्

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सोनी टिभीको चर्चित कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका निर्वाह गरेका अभिनेता दिनेश फडनिसको मंगलबार निधन भएको छ। इण्डियन एक्सप्रेसका अनुसार उनका सहकलाकार दयानन्द शेट्टीले फडनिसको निधनको पुष्टि गरेका छन्।

दिनेशको निधन मल्टिपल अर्गान फेलका कारण भएको बताइएको छ। यसअघि आइतबार हृदयघात भएपछि दिनेशलाई अस्पताल भर्ना गरिएको थियो। 

सन् १९९८ मा पहिलो पटक प्रसारण भएर सोनी टिभीमा २० वर्षसम्म चलेको कार्यक्रम ‘सीआईडी’मा फ्रेडरिकको भूमिका खेलेपछि दिनेश चर्चित बनेका थिए। उनले लोकप्रिय सिरिज तारक मेहताका उल्टा चश्मामा पनि उपस्थिति देखाएका थिए। दिनेशले सुपर ३० र सरफारोस जस्ता फिल्ममा पनि सहायक भूमिका खेलेका छन्।

प्रकाशित: Dec 05, 2023| 12:09 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्