सोमबार, मंसिर २९, २०८२

बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृत भेटिए

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

सिमकोट- घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ  उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ।
 
फडेरा गत शुक्रबारदेखि वेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए। आफन्तले उनीलाई सोमबार दिउँसो मृतावस्थामा फेला परेका हुन्। मृतक फडेराको घाँटीमा गम्भीर चोट लागेको जनाइएको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी  अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र  मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’  मुचुल्कापछि मंगलबार बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शव परीक्षणका लागि लैजाने प्रनाउ खनालले बताए।

प्रकाशित: Dec 05, 2023| 09:19 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्