सोमबार, मंसिर २९, २०८२

आगो ताप्ने क्रममा घरमा आगलागी, एक जनाको मृत्यु

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

National life
Laxmi sunrise bank
kumari

सिन्धुपाल्चोक- आगो ताप्ने क्रममा एकतले घरमा आगलागी हुँदा सिन्धुपाल्चोकको बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिण्डर पड्किँदा दुर्घटना भएको जानकारी दिए। आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै सोमबार साँझ मृत्यु भएको उनले बताए। 

लोकबाहदुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो। आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रकाशित: Dec 05, 2023| 09:02 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्