सोमबार, मंसिर २९, २०८२

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

 |  मंगलबार, मंसिर १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १९, २०८०

गोरखा- उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। जिल्लाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा सोमबारदेखि  हिमपात भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

National life

चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा नुब्री भ्यालीको ल्हो, प्रोक र सामागाउँलगायतका क्षेत्रमा हिमपात भएको उनको भनाइ छ। ‘हिजोदेखि ल्हो भन्दामाथि हिउँ परिरहेको छ’, उनले भने, ‘ल्हो, प्रोक र सामागाउँ तथा साम्दोमा पनि हिउँ परिरहेकाले चिसो अत्यधिक बढेको छ।’

हिमपात सुरु भएसँगै दैनिक जनजीवन प्रभावित हुन थालेको साम्दोका होटल व्यवसायी निमादोर्जे लामाले बताए।

हिमपातका कारण गाईवस्तुलाई चराउन र घाँसपातका लागि समेत कठिनाइ हुन थालेको उनको भनाइ छ। अत्यधिक चिसोका कारण अहिले खानेपानीका मुहानमा पानी जम्न थालेपछि पानीको समस्या हुन थालेको छ।

चिसोले वृद्धवृद्धा र बालबच्चालाई बढी समस्या भएको छ। साम्दो गाउँ समुद्री सतहबाट तीन हजार पाँच सय ५० मिटर उचाइमा पर्दछ।

Laxmi sunrise bank
kumari

उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ अन्य क्षेत्रमा भन्दा बढी हिमपात हुने गर्दछ। त्यस्तैगरी चुम भ्यालीतर्फको अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए।

हिमपातका कारण घरपालुवा पशुवस्तुलाई चरन क्षेत्रमा लैजान समस्या भएको लामाको भनाइ छ। निलेगाउँ समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा पर्दछ।  हिमपात पर्न सुरु भएसँगै मनास्लु पदमार्गमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत समस्या भएको छ।

मनास्लु क्षेत्रमा पुगेका पर्यटक अहिले होटलमै आश्रय लिएर बसिरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को कार्यालयले जनाएको छ।

चुम भ्यालीको चुम्चेत र छेकम्पारमा पनि सोमबारदेखि नै हिमपात भएकाले चिसो बढेको स्थानीयवासीको भनाइ छ। हिमपात हुन थालेपछि किसान भने खुसी भएका छन्।

हिमपातका भएपछि सुक्खा भएको जमिनलाई पानी मिल्ने र उब्जनी राम्रो भएकाले किसान खुसी भएका हुन्। लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा हुने भएका कारण हिउँ पर्दा खेतीबालीलाई राम्रो हुने विश्वास गरिन्छ।

प्रकाशित: Dec 05, 2023| 08:28 मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्