शनिबार, वैशाख १२, २०८३

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

काठमाडौं- जाजरकोट भूकम्पका लाभग्राहीको संख्या थपिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन्।

National life

यसअघि २८ हजार ५२७ लाभग्राहीको संख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एकजना पुगेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए।

प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार ५५५ जाजरकोटमा १३ हजार ७१८ र रुकुमपश्चिममा १४ हजार २२४ जना लाभ्रगाही कायम भएका छन्।

उनले अहिलेसम्म १८ हजार ३२८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ। लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार ३२८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए।

भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ। 

kumari

प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरूको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिए।

प्रकाशित: Dec 04, 2023| 19:59 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्