काठमाडौं- रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुनेको संख्या ६ पुगेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार मृत्य हुनेमा सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार-५, स्याङ्गजा, राजकुमार रोका मेलुङ्ग-६, दोलखा र गंगाराज मोक्तान इलाम-५, इलामको निधन भएको हो।
सरकारले रुसी सरकारलाई उनीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ। नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुससमक्ष अनुरोध गरिएको परराष्ट्रले जनाएको छ।