मंगलबार, पुस १, २०८२

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

 |  सोमबार, मंसिर १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १८, २०८०

बागलुङ- बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ।

National life

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।

'यस वर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो', कँडेलले भने, 'हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।'

हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।

प्रकाशित: Dec 04, 2023| 14:23 सोमबार, मंसिर १८, २०८०
प्रतिक्रिया दिनुहोस्